Logo
Logo

चार करोड फ्लोअर्सको धनी भएपछि प्रियंकाको फ्लाइङ किस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । बलिउड अभिनेत्री प्रिंयका चोपडा जोनसको इन्स्टाग्राममा फ्लोअर्स चार करोड पुगेको छ । चार करोड फ्यान फलोअर्सको धनी भएपछि मख्ख हुँदै प्रियंकाले खुसी बाँडेकी छन् । उनले आफ्ना फ्यानका लागि एक भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन्, जसमा उनले आफ्ना फ्यानलाई फ्लाइङ किस गरेकी छन् ।
प्रियंकाले भिडियो सेयर गर्नुभन्दा अगाडि फ्याहरुलाई धन्यवाद दिएकी छन् । उनले भिडियोसँगै सन्देश लेखेकी छन्, ‘बिग शुटआउट टू माई इन्स्टाफैम । तपाइँहरु सबैको मायाले म यहाँसम्मको यात्रामा छु ।’
प्रियंका लगातार सोशल मीडियामा चर्चामा आइरहेकी छन् । पछिल्लो समय ७२औँ मेट गालामा फेसन इभेन्टमा उनी आफ्नो हेयरस्टाइलबाट चर्चामा आएकी थिइन् । त्यस्तै, सामाजिक सञ्जालमा उनको त्यो तस्बिर भाइरल भएको थियो । प्रियंकाका पति निक जोनसलाई इन्स्टामा फ्लोइङ गर्ने २ करोड छन् ।
फिल्म ‘बाजीराव मस्तानी’मा प्रियंकाकी को–स्टार रहेकी अभिनेत्री दीपिका पादुकोणको इन्स्टाग्राम ३ करोड ६ लाख फ्लोअर्स छन् । त्यस्तै, आलिया भट्ट पनि सोशल मीडिया प्रायः सनसनी बन्ने गरेकी छन् । उनको इन्स्टाग्राम पनि ३ करोड फ्लोअर्स छन् । यस हिसाबले प्रियंका अगाडि छिन् । बलिउड र हलिउडमा सामाजिक सञ्जालमा हुने फुलोअर्सलाई आधार मानेर सेलिब्रेटीको स्टारडम तौलिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्