Logo
Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ लिङखिम–७ स्थायी घर भएका २२ वर्षीय जिवन लिम्बु छन् ।

उनलाई बुधबार प्रहरीले विमानस्थलबाट पहेँलो धातुबाट बनेको एउटा बाला र दुई वटा औँठीसहित पक्राउ गरेको हो । उनी नेपाल एयरलाइन्समार्फत कतारको दोहाबाट काठमाडौं आएका अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जानकारी दिएको छ ।

विमानस्थलमा चेकजाँच गर्ने उनले इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त धातु लुकाई ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्