सहिद स्मारक ‘ए’ डिभिजन : सातदोबाटो युथ क्लबले अंकका लागि खेल्ने « Drishti News – Nepalese News Portal
Logo

सहिद स्मारक ‘ए’ डिभिजन : सातदोबाटो युथ क्लबले अंकका लागि खेल्ने


दृष्टि संवाददाता


काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो क्लवले अंकका लागि खेल्ने बताएका छन् ।

त्रिपुरेश्वरमा बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा केसीले थ्री स्टार क्लबविरुद्ध सातदोबाटो युथ क्लबले तीन अंकका लागि खेल्ने बताएका हुन् । उनले आफ्नो टिमले राम्रो उपस्थिति जनाउनका लागि मेहेनत गरेर खेल्ने बताए । सहिद स्मारक ’ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत नवप्रवेशी सातदोबाटोले थ्री स्टारविरुद्ध जित्नकै लागि खेल्ने मुख्य प्रशिक्षक केसीको भनाई छ ।

त्यस्तै थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पुरानो गल्ति नदोहोर्याउने बताउदै पहिलो खेलमा ५–६ दिनको समय पाएकाले राम्रो गर्न नसकेको बताए । उनले दोस्रो खेलका लागि भने आफुहरुले तयारी राम्रो गरेकाले राम्रो प्रदर्शन गर्ने जानकारी दिए ।

पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । थ्री स्टार लिगको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्