Logo
Logo

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी संग्रहालयमा मोबाइल लकरको व्यवस्था



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको बिहीबार भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्तरुपमा कटी उद्घाटन गरेका छन् । आगुन्तकले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सक्नेछन ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखा, १५४ शाखारहित बैकिङ सेवा, छ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२२ स्थानबाट १० लाखभन्दा बढी ग्राहक वर्गमा सम्पूर्णा बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर २०० एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्