Logo
Logo

गुँरास लाइफको साधारणसभा सम्पन्न



काठमाडौ्र । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालयमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आव २०७५÷७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु एक अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम रु. १० अर्ब ८६ करोड ६५ हजार ४०० बराबरको बोनस शेयर जारी गर्ने र सोमा लाग्ने करवापत ०.२८९४९५६६ प्रतिशत रु. ५७ लाख १९ हजार २३१.५७ नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर जारीपश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पूँजीलाई सोहीअनुरुप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सोबमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्