Logo

एक लाख ९४ हजार अमेरिकी डलरसहित एक जना पक्राउ



कास्की । पोखरा महानगरपालिका–३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ छन् ।

कास्की जिल्लामा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका–३३ स्थित काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको सवारी साधन जाँच गर्ने क्रममा गुरुङलाई उक्त अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्