Logo
Logo

सिलाइकटाई तालिमले महिलाहरु आत्मनिर्भर बन्दै


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, बाजुरा ।

गौमुल गाउँपालिकाले बेरोजगार महिलाहलाई सिलाइकटाई तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन भन्दै ३ महिनासम्म तालिम दिएको हो । घरको कामको बोझले विद्यालय छोडेर घरमै बसेका महिलाई स्कुल ड्रेस, महिलाहरुका लागि चाहिने सुट तयार गर्न दक्ष बनाईएको गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताएकी छन् । आधुनिक समय अनुसार परम्परागत रुपमा सिलाई कटाई गर्ने समुदायले खासै शरिरका लागि चाहिने लुगा तयार गर्न नसकेको भन्दै उपाध्यक्ष थापाले दक्ष प्रशिक्षार्थीबाट तालिम दिईएको जनाइन् ।

बाजुरामा पछिल्लो पकटक बेरोगार भएर बसेका, घरको काम कम भएका महिलाहरु सिलाई कटाईमा आर्षित भएकोले महिलाहरुकै ईच्छा अनुसार सिलाई कटाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । पुरुष सिलाई कटाई गर्नेहरुले भनेको समयमा लुगा तयार नगर्दा घट्मुनाका लक्ष्मी विकलाई दिक्क लागेको थियो तर आजकाल महिलाहरुकै दक्ष भएर ईमान्दार भएर भनेकै समयमा लुगा हात पुग्ने उनले बताएकी छन् ।

पुरुषहरुलाई शिशुहरुको लुगा तयार झन्जट लाग्छ, महिलाहरुले तालिम पाएपछि जती सानो बच्चालाई लुगा तयार गर्न सक्ने क्षमता भएको तालिमका प्रशिक्षार्थी निर्मला रोकायाले बताईन् । उनी पढाई आई.एड् पास हुन, आई.एड पासका लागि कतै जागीर छैन् । उनी भन्छीन्, घरको काम संगै आर्थिक उपार्जनका लागि सिलाई कटाई गर्छु, राम्रो आम्दानी हन्छ । पाँच वर्ष अगाडी नै घरको कामको व्यस्थताले विद्यालय छोडेकी उनले अहिले दैनिक कम्ती ३ सय रुपीयाँ कमाएको बताईन् ।

अहिले गाउँपालिकाले सिकेको सिप खेर नजाने भन्दै, स्वास्थ्य स्वयमसेविकालाई केही अगाडीदेखि सिलाई तालिम सुरु गरेको छ । सिलाई कटाई सिप सबैसंग भयो भने त्यसमा लाग्ने खर्च बचत गराउन महिलहरुलाई उप्रेरित गरेको गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताईन् । उनले सिलाईकटाई सिप सबैमा हुन आवश्यक छ । गाउँपालिकाले महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन चरणवद्ध रुपमा सिलाई कटाई तालिम सञ्चालन गरिरहेको छ ।

गाउँपालिकाले दिएको तालिम लिईसकेका महिलाहरु घरको कामसंगै पसल व्यवसाय तिर लागेका छन् । स्थानिय मिना रोकायाले भनिन्, गाउँमा स्थानिय सरकार आईसकेपछि बजार पनि गाउँमै निर्माण भएका छन् । गाउँमा पाक्लो जनशक्ति छ । व्यापार व्यवसाय फस्टाईरहेका छन् ।

पहिले घरको काम बाहेक केही आर्थिक उपार्जनका काम हुदैन थिए, श्रीमान भारत जान्थे र पैसा कमाएर ल्याउथे त्यसैले बालबच्चाको पढाई खर्च, खान लगाउन पुर्याउनु पर्थ्यो तर आजका सिलाई कटाई सिप सिकेपछि श्रीमानको अगाडी हात थाप्न नपरेको गौमुलकै गिता रोकायाले भनिन् । सिप सिकेर काम गर्न थालेपछि आफ्नो लागि चाहिने दैनिक उपभोक्ताका सामान आफ्नै आम्दानीले किन्न पाउदा गौमुलका स्थानिय महिला खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्