Logo
Logo

जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट उपचारमा लगिने



काठमाडौं । जाजरकोट बस दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरबाट उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजारकोटका अनुसार शनिबार राती नेपालगञ्जबाट गएको ना ६ ख २५५७ नम्बरको बस जाजरकोटको कुदुमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । २७ जना घाइते भएका थिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । हाल गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ । उनका अनुसार बाँकी घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती बाक्लो हुस्सु लागेका कारण बाटो नदेखिदा मोडमा बस दुर्घटना भएको हुनसक्ने डीएसपी थापाले बताए ।

यता, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाजरकोट बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक वक्तव्य निकाल्दै मृत्तकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेको उपचारका लागि प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने शोक वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्