Logo
Logo
एमालेको १०औंँ महाधिवेशन

भीम रावलका लागि भोट माग्दै कोमल वली !


102.4k
Shares


चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार भीम रावलले प्रचार सुरु गरेका छन् ।

वर्तमान अध्यक्ष केपी ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफलमा व्यस्त छन् । तर, यसैबेला वर्तमान उपाध्यक्ष रावलले अध्यक्ष पदका लागि मत माग्न थालेका छन् ।

तस्बिर/अनलाइन खबरबाट

आइतबार भीम रावलले आफ्नो प्रचारमा पर्चा वितरण सुरु गरेका हुन् । ओलीले नेतृत्व चयनका लागि प्रयास जारी राखेकै बेला केही प्रतिनिधिले भीम रावलको पर्चा वितरण थालेका हुन् ।

सहमति खोज्दै ओलीले केही नेताहरुसँग छलफलमा व्यस्त हुँदा १० बजे सुरु बस्ने भनिएको बन्दसत्र समेत सुरु भएको छैन । यसैबेला भीम रावलको पक्षधर प्रतिनिधिहरुले पर्चा वितरण गरेका हुन् ।

कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए । रावलका लागि विरतण गरिएको पर्चामा ‘मेरो उम्मेदवारी किन’ लेखिएको छ ।

गायिका समेत रहेकी वलीले भीम रावलको पर्चा हातमा बोकेर तस्बिर खिचाएपछि ‘कोमल वलीले रावलको प्रचार गरिन्’ भन्ने हल्ला चलाइएको छ । तर, उनले रावलको प्रचार नगरेर आफ्नो केही प्रतिनिधिले पर्चा थमाएपछि लिएको बताइएको छ ।आजको बन्दसत्रले ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्