Logo
Logo

आफूनिकट प्रतिनिधिसँग छलफलमा भीम रावल



चितवन । नेकपा एमालेको अध्यक्षमा दावी गर्दै आएका वर्तमान उपाध्यक्ष भीम रावल आफू निकट प्रतिनिधिसँग छलफलमा जुटेका छन् । चितवनमा जारी एमालेको १०औँ महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेपनि आफ्नो अडान नछाडेका रावलले आफू निकट प्रतिनिधिसँग छलफलमा जुटेका हुन् ।

उनी बन्दसत्रस्थल होटल सेभेन स्टारमै छलफल गरिरहेका छन् । शनिबार बन्दसत्रको पहिलो दिनको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष अध्यक्ष केपी ओलीलाई दिएपछि असन्तुष्टि बनेका रावलले आफ्नो उम्मेदवारी फिर्ता नगर्ने अडानमा छन् । तर, ओली निकटका नेता तथा प्रतिनिधिहरुले उनलाई आफ्नो अडान छाड्न दवाव दिइरहेका छन् ।

यस्तै, सर्वसम्मतबाटै प्रतिनिधि चयन गर्न ओली छलफलमा व्यस्त छन् । उनी आफू बसेकै होटल सेभेन स्टारमा समूहगत छलफलमा रहेका छन् । बरिष्ठ उपाध्यक्ष र महासचिव सहमति बनेपछि ओली भीम रावलसँग वार्ता गर्ने भएका छन् । तर, अहिलेसम्म बरिष्ठ उपाध्यक्ष र महासचिवमा समेत सहमित जुट्न सकेको छ्रैन ।

सहमति जुटाउन ओली व्यस्त भएकै कारण आइतबार १० बजे बस्ने भनिएको बन्दसत्र सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुटेपछि ओलीले आज बस्ने बन्दसत्रमा पेश गर्ने तयारी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्