काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी गोपालकृष्ण घिमिरेलाई दिइएको छ । यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट दिइएको राजीनामा स्वीकृतीसँगै घिमिरेलाई जिम्मेवारी दिइएको हो ।
यादवले संयोजक रहेर गरेको भूमिकाप्रति सभापति शेरबहादुर देउवाले धन्यबादसमेत दिएका छन् । घिमिरे यअसघि निर्वाचन समितिका सदस्य थिए । उनी वरिष्ठ अधिवक्ता पनि हुन् ।
सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको विवादले गर्दा संयोजक यादवले राजीनामा दिएका थिए । कांग्रेसले जारी गरेको सूचनामा भने स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको उल्लेख छ ।
डेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटले वडादेखि जिल्ला अधिवेशनमा भाग लिएका छैनन्। फेरि अधिवेशन हुनुपर्ने माग उनीहरूको छ । यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायत पार्टी कार्यालयमा रिले अनशनमा बसेका छन् ।