
चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रकृया प्रारम्भ भएको छ । निर्वाचन प्रकृयाका लागि तालिकासमेत प्रकाशित गरिएको छ ।
निर्वाचन आयोगले राती ११ः३० अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, ११ः३० देखि १२ः२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने, राती १२ः३० सम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने र १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, उम्मेदवारको नाम फिर्ताका लागि राती १ः३० देखि २ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति २ः१० मा गरिने र सोमबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि जिम्मेवारी पाएका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणमा सहमतिका लागि नाम प्रस्तुत गर्ने तयारी गरे पनि उक्त प्रस्ताव सर्वस्वीकार्य हुने अवस्था देखिन्न ।











