Logo
Logo
एमालेको १०औं महाधिवेशन

ओली र रावलबीच प्रतिस्पर्धा, मतदान आजै


2k
Shares

काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । चितवनस्थित सौराहामा जारी बन्द सत्रमा रावलले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

निर्वाचन प्रक्रिया आज विहानका लागि स्थगित गरिएपछि डा. भीम रावलले हिजो दर्ता गर्न नपाएको मनोनयन पत्र आज दर्ता गराउँदैछन । मतदान प्रक्रिया आजै विहान ९ बजेबाट सुरु हुँदैछ ।

यसअघि केपी ओलीले आज बिहान साढे ३ बजे पदाधिकारीको नामावली घोषणा गरेका छन । जसमा भीम रावल र घनश्याम भुसाल अटाउन सकेनन् ।

ओलीले घोषणा गरेको पदाधिकारीको नामावलीमा अध्यक्ष केपी ओली, वरिस्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन्।

सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन्।

प्रतिक्रिया दिनुहोस्