Logo
Logo

कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन् । एक हजार ९ सय ५७ मत ल्याएर उनी विजयी भएका हुन् ।

बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए । बानियाँले आज बिहान आएको मतपरिणामअनुसार सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराएका हुन् । कार्कीले एक हजार ८९ मत ल्याएका थिए ।

बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस्