
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले एमाले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।











