Logo
Logo

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने कमल थापाको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले
मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि नै पूर्व महामन्त्री राजेन्द्र लिङदेनले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । हालसम्म थापा र लिङदेनले मात्र उम्मेदवारी घोषणा गरेका छन् पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षको रुपमा उठ्ने आकाक्षा देखाएपनि उनीहरुले घोषणा गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्