Logo
Logo

अञ्जु र रोशनको झ्यालको पर्दा सार्वजनिक (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ जेठ । चर्चित गायिका अञ्जु पन्त र रोशन अधिकारीको स्वरमा नयाँ गीत तथा भिडियो सार्वजनिक गरिएको छ । राजधानीम एक कार्यक्रमबीच ‘झ्यालको पर्दा’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द लोकराज अधिकारीको छ । भिडियो सार्वजनिक कार्यक्रममा गायक तथा मोडल रोशन अधिकारी, संगीतकार अर्जुन पोखरेल, रचनाकार लोकराज अधिकारी उपस्थित थिए । भिडियोमा अभिनेत्री प्रियंका कार्की । गायक सयंमले अभिनय गरेका छन् ।
शिव बिकले निर्देशन गरेको भिडियोलाई रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । रोशन अधिकारी १२ बर्षदेखि अमेरिका बस्दै आएका छन् । २०१५ मा हिमालयन सिंगिङ आइडलको बिजेता बनेका उनी संगीतमा पहिलेदेखि चि राख्दथे ।

https://www.youtube.com/watch?v=nQmGdOlgEBM

प्रतिक्रिया दिनुहोस्