Logo
Logo
एमालेको १०औं महाधिवेशन

१९ सदस्यीय पदाधिकारीमा पाँच जना निर्विरोध निर्वाचित



चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमा पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

एक वरिष्ठ उपाध्यक्षका लागि ईश्वरको, एक महासचिवका लागि शंकरको तीन उपमहासचिव पदका लागि पृथ्वीसुब्बा, प्रदिप र विष्णुको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । ओली र रावलले मतदानसंग मत मागिरहेका छन् । यस्तै ६ वटा उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ ।

अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा बादल, बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङको उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सात सचिव पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार राती ९ बजेदेखी मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्