Logo
Logo

बढुवा भएका १३ डिएसपीको पदस्थापन




काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका १३ डिएसपीले सोमबार फुली लगाएका छन् । उनीहरुको पदस्थापन पनि भएको छ । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।


समारोहमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नति पश्चात राज्य, नागरिक र संगठनप्रति उत्तरदायी भई नयाँ जिम्मेवारी अनुसार संगठनको आशा र भरोसा पूरा हुनेगरी काम गर्न निर्देशन दिए । पदोन्नतिले दर्जा अनुसारको जिम्मेवारी बढ्ने र संगठनप्रति थप उत्तरदायी हुनुपर्ने भएकोले प्राप्त अनुभव र जिम्मेवारीलाई संगठन र राज्यप्रति जवाफदेही भई बफादार रुपमा कार्य गर्नुपर्ने उनको भनाई थियो ।


नागरिकले राज्यको तर्फबाट प्रहरीको उपस्थिति खोज्ने भएकोले संविधान र ऐन कानुनको अधिनमा रही प्राप्त जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी नागरिकमा प्रहरीको उपस्थिति झल्काउनुपर्ने उनको भनाई थियो ।


उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक अनिश कुमार कर्णले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा ईमानदारीताका साथ पदोन्नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।


पदस्थापन कहाँ भयो ?

प्रतिक्रिया दिनुहोस्