Logo
Logo

भारतीय चुनावको विसंगति—विजेपीले १७ करोड भोट पाएर प्रधानमन्त्री बने, तर भोट नदिएका २८ करोड मतदाता थिए




रवीन्द्र श्रेष्ठ
भारतीय चुनाव प्रकृयालाई संसारको सवभन्दा ठुलो लोकतन्त्र भन्ने गरिन्छ । तर भारतीय चुनाव प्रकृयाको समग्र पक्ष अल्पमतले शासन गर्ने तन्त्र रहेकोछ ।

अघिल्लो केन्द्रिय संसदको चुनावमा विजेपीले केवल १७ करोड मत ल्याएर संसदमा वहुमत प्राप्त ग¥यो र प्रधानमन्त्री मोदी वने । भारतीय कांग्रेस पार्टीले केवल १० करोड मत ल्याएर प्रमुख प्रतिपक्षी दल वन्यो ।

तर करीव २८ करोड भारतीय मतदाताले त्यसवेला मतदान नै गरेनन् । अर्थात विजेपी र कंग्रेसले ल्याएको कुल मत भन्दा पनि वढी मतदाताले मतदान नै गरेनन् ।

विजेपी सरकार अल्पमतको सरकार हो भन्ने यसवाट पुष्टि हुन्छ ।

त्यो वेला भारतमा कूल मतदाता करीव ८३ करोड थिए । कूल ८३ करोड मध्ये केवल १७ करोड मत पाएर विजेपीले शासन चलायो । यसवाट भारतीय लोकतन्त्र भनेको अल्पमतको तन्त्र हो भन्ने स्पष्ट छ ।

कूल ८३ करोड मतदातामा २८ करोडले भोट नदिनु भनेको एक तिहाइले मतदान नै नगर्नु हो । यो भनेको अमेरिकाको कूल मतदाता संख्या १८ करोड भन्दा पनि वढी हो । २८ करोड मतदाता भनेको वेलायत, जर्मनी, कोरिया आदि लगायतका २० वटा लोकतान्त्रिक देशहरुको मतदाता भन्दा पनि वढी हो ।

यी विषयहरु अहिले भारतीय संचार जगतमा वहस चलिरहेकोछ । भारतीय लोकतन्त्र भनेको नै सर्वोकृष्ट मोडेल हो भन्नेहरुले यस गम्भीर विसंगतिको जवाफ दिन सकेका छैनन् ।

करीव २८ करोड मतदाताले मत दिन नपाउनाको एक प्रमुख कारण आफ्नै ठाउँमा आएर मत दिन पर्ने वाध्यतालाई पनि लिइएकोछ । आफ्नो नाम भएको ठाउँवाट टाढा— पढ्न, काम गर्न तथा वसाई सरेकालाई पनि मत दिने व्यवस्था मिलाउन भारतमा वहस चलिरहेकोछ ।

भारतमा सन् २०१९ मा केन्द्रिय संसदको चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्