Logo
Logo

विदेशबाट फर्कँदा के-के ल्याउन पाइन्छ, के पाइँदैन ?



काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउने सामानको सूची सार्वजनिक गरेको छ । सरकारले विदेशबाट फर्किँदा के-के सामाग्री ल्यान पाइने र के नपाइने भन्ने विषयमा फेरि स्पष्ट पारेको हो ।

विदेशबाट फर्कने नेपालीहरुले कानूनले दिएको भन्दा बढी सुन, मोबाइल, ल्यापटप, मदिराजन्य सामाग्री ल्याउन थालेको पाइएपछि भन्सार विभागले स्मरणका लागि पुनः परिपत्र गरेको हो । सरकारले तोकेको सामानबाहेक अन्य सामान ल्याए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै महँगो भन्सार तिर्नुपर्ने हुन्छ ।

भन्सार नतिरी ल्याउन पाइने सामान

-सुनको गहना ५० ग्रामसम्म
-ट्याब्लेट वा ल्यापटप एक थान
-मोबाइल फोन एक थान
-मदिरा एक लिटरसम्म

५० ग्राम भन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ । सोभन्दा बढी गहना ल्याएमा जफत हुने विभागले जनाएको छ ।

ट्याब्लेट वा ल्यापटप एउटाभन्दा बढी ल्याएमा भन्सार महसुल लाग्ने छ । मोबाइल फोन पनि एकभन्दा बढी भएमा भन्सार महसुल लाग्ने विभागले जनाएको छ । मदिरा एक लिटरभन्दा बढी ल्याए जफत गरिने छ ।

यस्तै भन्सार विभागको अध्ययनमा विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले टचलाईट, आईरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि० आफ्ना आफन्तका लागि पुर्‍याइदिन भनी अनुरोध गर्ने गरेका छन् ।

तर ती वस्तुह?मा भन्सार चेकजाँचका क्रममा लुकाइछिपाइ सुन, चाँदी वा अन्न अवैध वस्तु राखेको फेला परी सम्बन्धित सामान ल्याउने व्याक्तिले कानून बमोजिम कारबाही भोग्नु पर्ने विभागले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्