Logo
Logo

यीन हुन् एमालेका १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन सकिएको छ । सौराहा भएको एमालेको महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटी चयन गरेको छ ।

महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएको छ । ओलीले उनका प्रतिस्पर्धी भीम रावललाई १५ सय ९५ मतान्तरले पराजित गरेको हो । ओलीले १८०८ मत ल्याएका थिए भने रावलले २१३ मत पाएका थिए ।

ईश्वर पोखरले निर्विरोध वरिष्ठ उपाध्यक्ष बनेका छन् । उपाध्यक्षमा निर्वचित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । उपाध्यक्षका लागि जनाको उम्मेदवारी परेको थियो । जसमा घनश्याम भुसाल पराजित भएका छन् ।

त्यस्तै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पदमा अर्याल निर्वाचित भएका छन् ।

नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको नामावली

प्रतिक्रिया दिनुहोस्