Logo
Logo

भीम रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ



चितवन । नेकपा एमालका नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन् । अध्यक्षको उम्मेरदावरी दिएका रावल अध्यक्षमा ओलीसँग पराजित भएपनि केन्द्रीय सदस्यमा भने निर्वाचित भएका थिए ।

मंगलबार साँझ एमालेका नवनिर्वाचित केन्द्रीयहरुले सपथ लिएका छन् । तर, केन्द्रीय सदस्यमा निर्वाचित भएको रावलले भने सपथ लिएनन् ।

अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै यठेका थिए । तर रावल बसेको सिटबाट उठेनन् ।

रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको बताउँदै शपथ पनि नलिने बताएका थिए ।

उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्