Logo
Logo

‘कम्युनिष्ट अहिलेको उचाइमा ल्याउन मदन-आश्रितको महत्वपूर्ण भूमिका’


- दृष्टि न्युज/संवाददाता


मदनको शालिकमा माल्यार्पण गर्दै गृहमन्त्री थापागृहमन्त्री रामबहादुर थापा मदन-आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा रहेको मदन भण्डारीको शालिकमा शुक्रबार माल्यार्पण गर्दै।

काठमाडौं, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना दिवस तथा मदन–आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा शुक्रबार काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनमा उनीहरुको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गरे ।
गृहमन्त्री थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले उनीहरुको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरुको षड्यन्त्र ठीक उल्टो भएको र उहाँहरुको बलिदानले कम्युनिष्ट आन्दोलनमा असाधारण उपलब्धि हासिल भएको बताए ।
मदन भण्डारीकै योगदानका कारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई कम्युनिष्टहरुको नेतृत्वमा स्थिर सरकार निर्माण भएको बताउँदै उनले नागरिकका आवश्यकता पूरा गर्न वर्तमान सरकार लागिपरेको धारणा व्यक्त गर्नुभयो । आज मदन आश्रितको सम्झनामा देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्