Logo
Logo

टीकापुरमा हिमालयन बैंकको शाखा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले कैलालीको टीकापुरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सम्पूर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यसहित नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

टीकापुरका प्रतिष्ठित उद्योगी–व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको जनाएको छ । यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूरपश्चिम प्रदेशको सातौँ शाखा रहेको बैंकको भनाइ छ । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरूसहित लकर सेवासमेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।


बैंकले हाल ७३ शाखा, पाँच विस्तारित काउन्टर, एक सय ४६ एटिएम तथा पाँच हजारभन्दा बढी पिओएस टर्मिनलमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्