Logo
Logo

प्रधानमन्त्रीले संसदमा सुनाए सरकारका सफलता



काठमाडौं, २२ पुस ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सफलता र भावी योजनाबारे प्रष्ट पारेका छन् । धमिलो पानीमा माछा मार्ने र सरकारका हरेक कामलाई नकारात्मक रुपमा लिइएकोमा दुःखेसो समेत पोखेका छन् ।


आफ्नो कार्याकालमा महंगी घटेको र बेरोजागरी घटेको बताए । विगतमा तुलनामा विदेश जाने क्रम घटेको उनको भनाई छ ।
सरकारले अनुगमनमाथि नै अनुगमन गर्ने परिपाटी सुरु गरेर देशका ठूला आयोजनालाई तिव्रता दिइएको बताए । ‘विकासका हरेक दिन सरकार एक कदम अगाडि बढिरहेको छ, प्रधानमन्त्रीले भने ।
बिकाससहित, शिक्षा, स्वास्थ्य, कुटनीति लगायत सबै क्षेत्रमा सरकारका कामबारे उनले संसदलाई सुनाएका छन् ।
अपराध अनुसन्धानमा प्रहरीले ९६ प्रतिशत सफलता पाएको छ । निर्मला जस्ता चेलीका अपराधीलाई अराजक भिडले नभई सरकारले न्याय दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्