Logo
Logo

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत



सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री शाहीले मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् ।

उपस्थित २२ जना प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा सबै मत खसेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी नभएपछि हुन्न भन्ने पक्षका कोही देखिएन ।

मुख्यमन्त्री शाहीले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्