Logo
Logo

एमाले केन्द्रीय सदस्यले नै चिन्दैनन् पदाधिकारी !



काठमाडौं । नेकपा (एमाले) को १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले नै केन्द्रीय कमिटीका पदाधिकारीलाई चिन्दैनन् ।

चितवनको सौराहामा मंगलबार सम्पन्न भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित महम्मद समीरले पार्टीको पदाधिकारीलाई नचिनेका हुन् ।

उपमहासचिवमा निर्विरोध निर्वाचित भएका प्रदिप ज्ञवालीलाई केन्द्रीय सदस्य समीरले उपाध्यक्ष भनेर सम्बोधन गरेका छन् । पदाधिकारीमा कुन नेता विजयी भएका हुन भन्ने कुरा केन्द्रीय सदस्यलाई नै थाहा नभएपछि उनको आलोचना भइरहेको छ ।

सौराहाबाट केन्द्रीय सदस्यमा निर्वाचित भई आफ्नो कलैयास्थित घर फर्किसकेका समीरले उपमहासचिव ज्ञवालीसंगको फोटो सामाजिक सञ्जालमा राखेका छन् । जहाँ समीरले लेखेका छन् ‘पार्टी उपाध्यक्ष क. प्रदीप ज्ञवाली ज्यु को साथमा सौराहा ।’

पुर्व माओवादी केन्द्रबाट समीर प्रदेश २ को समानुपातिक सांसद भएका थिए । पार्टीहीत विपरित काम गरेपछि माओवादी केन्द्रले उनलाई सांसदबाट कारवाही गरेको थियो । तत्कालिन नेकपा विभाजन भएपछि उनी माओवादी केन्द्र नफर्की एमालेमै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्