Logo
Logo

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले ज्ञापन पत्र बुझाएको हो । सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस बिषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको बताए ।

अहिलेको विषय न्यायपालीकाको मात्र नभई राज्य प्रणालीसंग सम्बन्धीत विषय भएको भन्दै उचित तवरले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले सभामुख नेपाल फर्केलगतै यस बिषयमा निष्कर्षमा पुग्नेगरि छलफल गर्ने पनि बताए ।

बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्