Logo
Logo

आजदेखि कांग्रेसको पहिलोपटक प्रदेश अधिवेशन



काठमाडौं । नेपाली कांग्रेसले आजदेखि प्रदेश अधिवेशन गर्दैछ । संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । आजदेखि कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा प्रदेश अधिवेशन गर्दैछ ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछ ।

प्रदेश अधिवेशन आज उद्घाटन गर्ने कार्यक्रम छ । प्रदेश अधिवेशनका लागि कांग्रेसका नेताहरू तोकिएका स्थानहरूमा पुगिसकेका छन् । प्रदेश अधिवेशन प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् । कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ । प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । देउवाले दिउँसो २ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुरमा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ । अधिवेशनले प्रदेश कार्यसमिति चयन गर्नेछ ।

प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ । चुनाव आगामी शनिबार हुनेछ ।

प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनः मतदान गर्नुपर्ने कांग्रेसले व्यवस्था छ । प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् ।

कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ । आज प्रदेश अधिवेशन उद्घाटन गर्ने, मंसिर १७ गते मनोनयन गर्ने र १८ मा चुनाव गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्