
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
आज विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
सचिव ढकालका अनुसार आज बस्ने बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुनेछ । माओवादी केन्द्रले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ ।
यस्तै मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत माओवादीले चयन गरिसकेको छ । माओवादीले शनिबारबाट ७५३ वटा स्थानीय तहको पालिका सम्मेलनको आयोजना गरेको छ । पालिकामा माओवादीको नेतृत्व चयन अन्तिम चरणमा पुगेको छ ।












