Logo
Logo

कांग्रेसको जिल्ला अधिवेशन स्थगित



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगतको जिल्ला अधिवेशन स्थगित गरेको छ । महाधिवेशन केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ ।’

कांग्रेसको १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४औँ महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्