Logo
Logo

सशस्त्रमा भद्रगोल, इन्सपेक्टरको १६ वर्ष, एसएसपी बढुवामा उम्मेदवार भेटिएनन्




काठमाडौं । ढिलो भएपनि सशस्त्र प्रहरीका रिक्त पदमा बढुवा प्रक्रिया अघि बढेको छ । एसएसपीका रिक्त ११ पदमा केही दिनअघि कामु एसएसपी तोकिएको छ । बढुवा गर्न चार वर्षे पदावधि नपुगेपछि कामु दिइएको हो ।


एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवरलाई कामु दिइएको छ । ११ औं नम्बरमा रहेका कुँवर बालुवाटारको पावरमा नियमावली फेरेर वा बढुवा रोकेर अघि आउने दाउमा थिए । तर, असफल भए । कामु दिंदा एसपीको ज्येष्ठता कायमै राख्नुपर्ने प्रावधान नियमावलीमा छ । बढुवा हुने ११ मध्ये १० जना सशस्त्रको सिंस २ का हुन् । उनीहरुको २०७९ को चैतमा मात्र चार वर्षे पदावधि पुग्ने भएकाले फुल बढुवा हुन्छ ।


कामु दिइएसँगै एसपीका ११ पद रिक्त भएको छ । डिएसपीका यसअघिनै ७१ दरबन्दी रिक्त छन् । सशस्त्रमा लामो समयदेखि दरबन्दी रिक्त राखेर बढुवा प्रक्रिया अघि बढाइएको थिएन । सशस्त्र प्रहरीमा इन्सपेक्टरमा भर्ना भएको १६ वर्षसम्म डिएसपी हुन पाएका छैनन् । माथिल्लो तहमा बढुवाका उम्मेदवार नै नहुँदा तल्लो तहमा ठूलो समस्या छ । तर, गृह र सशस्त्र प्रहरी मुख्यालयले त्यसमा चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्