Logo
Logo

प्रत्येक घरमा ‘सुरक्षित वैदेशिक रोजगार पम्प्लेट’


- दृष्टि न्युज/संवाददाता


खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्या्दित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उद्देश्यले ७ नम्बर वडास्थित दोर्पा्चिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो ।
पोष्टरमा सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जाने नै भए सही सूचना र सीप लिएर मात्र जाऔँ’ भन्ने सूचनासहितको सामग्री ६१० घरको भित्ताभित्तामा टाँसिएको छ ।
वडाबाट परिचालित स्वयंसेवक मानबहादुर भुजेलका अनुसार उक्त सन्देशमूलक सामग्रीमा वैदेशिक रोजगारमा जान तयार युवाका लागि आवश्यक पर्ने सूचना तथा जानकारी पनि दिइएको छ । सन्देश सामग्रीमा सीप तालीमको महत्व, आवश्यक कागजपत्र, सुरक्षा, भर्पाइ तथा प्रमाण, पुनः श्रम स्वीकृति, नेपालकै विमानस्थल प्रयोग गर्न र अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्थाको बारेमा जानकारी गराइएको छ । यसबाहेक अन्य प्राविधिकलगायत जानकारीमूलक सूचना तथा सन्देशसमेत उक्त पर्चामा उल्लेख गरिएको छ ।

वडा कार्यालयको यस्तो गतिविधिले वैदेशिक रोजगारीमा जाने युवा सुरक्षित हुन मद्दत र्पुयाउने आप्रवासी स्रोत (सूचना) केन्द्र दिक्तेल शाखाले जनाएको छ । यस्ता सूचना तथा सन्देश जिल्लाका सबै स्थानीय तहका सबै वडाले प्रयोगमा ल्याउनु आवश्यक देखिएको ऊक्त केन्द्रका कार्यत्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।
हरेक घरमा यस्तो सूचना र्पुयाइएपछि परिवारका सदस्य तथा आफन्तले कम्तीमा पनि उक्त सूचना आफैँ हेर्ने वा सुन्ने र प्रयोगमा ल्याउने हुनाले यसले वैदेशिक रोजगारमा जाने युवालाई सुरक्षित बनाउने उनको भनाइ थियो ।
यसैबीच खोटाङस्थित केपीलासगढी गाउँपालिकाले वैदेशिक रोजगारीसम्बन्धी प्रोफाइल निर्माण गर्न लागेको गरेको छ । गाउँपालिकाभित्र वैदेशिक रोजगारको अवस्थासम्बन्धी सम्पूर्ण जानकारी समेटी त्यसलाई सुरक्षित, मर्या्दित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले प्रोफाइल निर्माण गर्न लागिएको बताइएको छ ।त्यसका लागि गाउँपालिकाभित्र रहेका सातै वडामा एकै साथ तथ्यांक संकलन शुरु गरिएको र सोही तथ्यांकको आधारमा प्रोफाइल तयार गरिने कार्यक्रम संयोजक आचार्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्