Logo
Logo

राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण वर्षको शुभारम्भ


- दृष्टि न्युज/संवाददाता


 लुम्बिनी, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरेकी छन् । २५६३औँ बुद्ध जयन्तीको अवसरमा ‘लुम्बिनी भ्रमण वर्ष’को शुभारम्भ गरिएको हो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष’ले नेपालको पर्यटनलाई थप टेवा दिने बताइन् ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । शुक्रबार नै लुम्बिनी पुगेका उनले २५६३औंँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आयोजित भिक्षुभिक्षुणीलाई संघ दान गर्ने कार्यक्रमको अवसरमा बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
‘विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासले सार्थक रुप लिँदै गएका छन्’ उनले भने, ‘यो वर्षदेखि योजनाबद्ध ढंगले सरकार अघि बढेको छ, लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ ।’ प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मुलुकसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए ।

प्रतिक्रिया दिनुहोस्