Logo
Logo

भारतद्वारा निर्मित शैक्षिक संस्थाको पूर्वमन्त्रीबाट उद्घाटन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ जेठ । भारत सरकारले उदयपुरको चौदण्डीगढी नगरपालिकामा शैक्षिक सस्थाको भवन निर्माण गरिदिएको छ । भवनको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पस भवनकोे सांसद तथा पूर्वशहरी विकासमन्त्री डा. नारायण खड्काले शनिबार एक समारोहबीच उद्घाटन गरे ।
कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए । सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ उक्त क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । यस क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ ।
भारत सरकारको ३ करोड २ लाख नेपाली रुपैयाँ अनुदान सहयोगमा निर्मित दुई तल्ले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।
नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिबृद्घि गर्ने मात्र नभई उदयपुर र यस जिल्लासँग जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरीलगायतका जिल्लाका ग्रामिण भेगका विद्यार्थीको शिक्षामा पहुँचसमेत बढाएको दूताबासको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्