Logo
Logo

बाफल घटनाः जब मृतक भनिएका व्यक्ति नै अभियुक्त ठहरिए




काठमाडौं ।१२ दिनअघि काठमाडौंको बाफलमा जलेको अवस्थामा भेटिएको शवको सनाखत गरी प्रहरीले अनुसन्धान सुल्झाएको छ । मृतक काभ्रेका हर्कबहादुर बानियाँ भएको र हत्यामा संलग्न आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।


मृतकको अनुहार समेत जलेकाले शवको सनाखत गराउनै निकै हैरान भएको यो घटनाको अनुसन्धान निकै जटिल र निष्कर्ष नाटकीय हुन पुग्यो । मृतकका भतिजको सहयोगले प्रहरीले उनको सनाखत गरी अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।


मृतक बाँनिया बाफल क्षेत्रमा मागेर गुजारा चलाउने व्यक्ति हुन् । गत ४ मंसिरमा उनको एक्कासी आफ्ना भजितसँग बाटोमा भेट भयो । मलेसियाबाट फर्किएका भजितले आफु पत्रकार भएको नाटक गरेर भिडियो खिचेर उनीसँग कुराकानी गरे । पछि मात्र आफु भजित भएको जानकारी दिए । त्यसपछि काका–भजितबीच रमाइला कुराकानी भए । जून दृश्य छेउमा रहेका आशिषले देखिरहेका थिए ।


डेरा नभएकाले उनीहरु विभिन्न ठाउँमा सुत्दथे । त्यो दिन आशिषले बानिँयालाई आफु सुत्ने गरेको गाईबाख्रा चोकस्थित एउटा खण्डहर घरमा लिएर गए । भजित भेट भएकाले टन्न पैसा दिएको हुनसक्ने भएकाले सुतेको बेला चोर्ने योजना बनाएका थिए । बेलुका सुतेपछि खल्तीबाट ५० को नोट निकाल्दै बाँनियाले थाहा भए । त्यसपछि दुईबीच विवाद भयो । टाउकोको पछिल्लो भागमा हानेर अर्धबेहोस बनाएपछि उनले बानियाँले ओडेको कपडामा आगो लगाएर त्यहाँबाट निस्किएका थिए ।


त्यसको तीन दिनपछि प्रहरीले उनको शव फेला पारेको थियो । शव आधा जलेकाले केही पत्ता लगाउन सकेन । स्थानीयलाई सोध्दा पनि कसैले मृतकलाई नचिनेको बताए ।


घटनाको भोलिपल्ट आशिषका साथी त्यहाँ पुगे, तर शव जलेको अवस्थामा देखेपछि उनी डराएर फर्किए । त्यहाँ आशिषकै त्यसरी मृत्यु भएको उनलाई लाग्यो । पछि उनी प्रहरीको सम्पर्कमा पुगे, उनको कुराका आधारमा मृतक आशिष नै भएको प्रहरीलाई लाग्यो । तर, पछि आशिष नै फेलापरेपछि प्रहरी अनुसन्धान फेरी शून्यमा झ¥यो ।


थप स्थानीयसँग कुरा गर्दा एक माग्ने व्यक्ति केही दिनयता हराइरहेको बताए । तर, उनको फोटो समेत कोहीसँग थिएन । एक स्थानीय पसलेले उनको श्रीमतीको नम्बर पत्ता लगाइदिए । श्रीमती उपचारका लागि भारत गएकाले उनको मोबाइल अफ थियो । श्रीमतीको नम्बरका आधारमा प्रहरीले उनको भजितको नम्बर पत्ता लगायो, जहाँबाट प्रहरी अनुसन्धान निष्कर्षमा पुग्यो ।


सुरुमा प्रहरीले मृतकले बृद्धभत्ता लिने गरेको र त्यही पैसाका लागि हत्या भएको हुनसक्ने कोणबाट अनुसन्धान ग¥या, तर वास्तविक फरक निस्कियो ।


भतिजले त्यो दिन खिचेको भिडियो देखाए, जसमा लगाएको कपडाको जल्नबाँकी केही अंश घटनास्थलमा भेटिएको थियो । भिडियोका आधारमा मृतक उनी नै पुष्टि भयो ।


त्यसपछि प्रहरी अनुसन्धान आशिषतर्फ केन्द्रीत भयो । सोही घटना भएको बेला उनले आफु साथीकोमा बस्न गएको बताएका थिए । मृतकबारे केही जानकारी नभएको भनेर ढाँटेका थिए । घटनाकै भएको बेला उनी साथीकोमा गएको कुरा शंका लागेर थप अनुसन्धान गर्दा अपराध महाशाखाका डिएसपी कृष्ण चन्द नेतृत्वको टोली घटना सुल्झाएको हो । अर्काेतर्फ सिसिटिभी फुटेजमा त्यो दिन उनले बृद्धलाई डो¥याएर लगेको भिडियोले पनि अनुसन्धानमा सहयोग ग¥यो । पैसा चोर्न खोज्ने विवादलाई लिएर ७५ वर्षिय बाँनियाको हत्या भएको र १० दिन लामो अनुसन्धानपछि वास्तविकता पत्ता लागेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए ।

प्रतिक्रिया दिनुहोस्