Logo
Logo

मुकुन र सुरविनाको ‘लुकीछिपी किन मायामा’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ जेठ । फिल्म ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ अभिनीत ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ ।
गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको गीत ‘लुकीछिपी किन मायामा’ बोलको गीतमा एकापसमा मनपराउनेको अव्यक्त प्रेम झल्किन्छ । भिडियो निर्देशक नविन चौहानले सामान्य प्रस्तुतिमा निकै राम्रो भिडियो बनाएका छन् । गाउँले परिवेशमा तयार पारिएको भिडियोले हिमाली जनजीवनलाई देखाएको छ ।
भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन् । भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ ।
गीतमा कोबिद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने सार्दुल श्रेष्ठको साउन्ड इन्जिनियरिङको काम गरेका छन् । भिडियोमा संजीब रत्न शाक्यले रंग संयोजन गरेका छन् । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्