Logo
Logo

सपनाको जुनी जुनीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ जेठ । नयाँ लोक तथा दोहोरी गीत ‘जुनी जुनीको’ भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच भिडियो सार्बजनिक गरिएको हो ।
लोक गायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै स्रष्टा तथा संचारकर्मीको उपस्थिति रहेको थियो । गायिका सपना थापा मेक्सम खातीको स्वर रहेको गीतमा सागर प्रधानको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ ।
मदन खड्काले निर्देशन गरेको भिडियोलाई बिरेन्द्र भट्ट र नबराज न्यौपानेले छायाँकन गरेका हुन् भने भिडियोलाई अनिल राणाले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा रिना थापा र सुरज श्रेष्ठलाई फिचर्ड गरिएको छ । भिडियो धुन नेपालको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्