Logo
Logo

३८ क्विन्टल सुन तस्करी समूहका नाइकेलाई प्रहरीले दुबईबाट नेपाल ल्यायो




काठमाडौं ।
बहुचर्चित ३८ सय केजी सुन तस्करी र सनम शाक्य हत्या घटनामा एक फरार अभियुक्तलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।


सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई उनी फरार थिए । नेपाल प्रहरीको आग्रहमा दुई वर्षअघि नै उनी दुबइमा पक्राउ परेकोमा हालै दुबईले नेपाल डिपोर्ट गरेको थियो ।


जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।


अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जनाएको छ । सो मुद्दामा उपस्थित भएका अन्य व्यापारीले सफाई पाइसकेका छन् । तस्करी भएको भनिएको सुन नभेटिएको भन्दै सबैले सफाई पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्