Logo
Logo

प्रहरीकै मिलेमतोमा विमानस्थलबाट सुन तस्करी, जवानसहित दुई पक्राउ




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही प्रहरी आफैं सुन तस्करीमा संलग्न रहेको खुलेको छ । तस्कर समूहले प्रहरीलाई सुन पास गराउने लगाएका हुन् ।


लागुऔषध नियन्त्रण ब्यूरोमार्फत विमानस्थमा खटिएका प्रहरी जवान राजेन्द्र केसी पक्राउ परेका हुन् । शनिबार विदेशबाट आएका एक युवकको सुन उनले पास गराइदिएका थिए । सुन ल्याउने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


व्यक्तिगत गहनाको आवरणमा विमानस्थलबाट ठूलो मात्रामा सुन तस्करी भएपछि विमानस्थलमा कडाई थालिएको छ । जसक्रममा केही प्रहरी समेत गिरोहको प्रभावमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्