Logo
Logo

सिभिल सहकारीमा अख्तियारकी आयुक्तकै सवा करोड डुब्यो




काठमाडौं । व्यवसायी इच्छाराज तामाङको कारण धरासायी बनेको सिभिल सहकारीबाट उच्च पदस्थ व्यक्ति समेत पीडित बनेका छन् । प्रहरीमा उजुरी दिने एक हजार पाँच सय २० जनामध्ये एक अख्तियारकी आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्य समेत छिन् । सरकारी वकिल कार्यालय स्रोतका अनुसार सिभिल सहकारीले आफ्नो एक करोड २२ लाख रुपैयाँ फिर्ता नगरेको भन्दै उनले जाहेरी दिएकी छिन् । आकर्षक ब्याज दिने सहकारीको प्रस्तावमा फस्दा उनको पैसा पनि डुबेको हो ।

डा.सुमित्रा श्रेष्ठ अमात्य


उजुरी दिनेहरुमा केही पूर्व कर्मचारी समेत छन् । संस्थाका सदस्य करिब २९ सय भएपछि बाँकीले भने उजुरी गरेका छैनन् । उनीहरुको करिब एक अर्ब निक्षेप संस्थामा छ । थोरै मात्र पैसा लिन बाँकी भएकाहरुले उजुरी नगरेका हुन् । यद्यपी उजुरी गरेमा पूरक अभियोग लैजान सकिने सिआइबीका अधिकारीहरु बताउँछन् ।


सिआइबीले तामाङसहित ४२ जनाविरुद्ध ५ अर्ब ६७ करोड रुपैयाँको बिगो दाबी गरी मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्