Logo
Logo

कान्समा रेड कार्पेट नाप्दै नेपालकी अभिनेत्री प्रियंका, चर्चा कस्तो होला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ जेठ । संसारका फिल्मकर्मीहरुको महा–उत्सव मानिने कान्स फिल्म फेस्टिवलमा नेपाली अभिनेत्रीले पनि रेड कार्पेट नाप्दैछन् भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्ला । तर, यसपटक नेपाली फिल्मकी चर्चित अभिनेत्री प्रियंका कार्की सहभागी हुँदैछिन् ।
यस बर्षको कान्स फिल्म फेस्टिवलको ७२औँ संस्करण फ्रान्समा सुरु भइसकेको छ । विश्वभरका सेलिब्रेटीहरुको सहभागिता रहँदै आएको यस फेस्टिवलमा अहिलेसम्म कुनैपनि नेपाली कलाकारहरुको उपस्थिति रहेको छैन । तर, यसपटक उक्त फिल्म फेस्टिवलमा नेपालकी चर्चित अभिनेत्री प्रियंका कार्की सहभागी हुँदैछिन् ।


७२औँ बर्षमा आएर ‘कान्स’का लागि नेपाल ब्राण्ड एम्बासेडरको रुपमा प्रियंका छनोट भएकी हुन् । विश्वका टप–३ फिल्म फेस्टिवलमा गनिने कान्समा प्रियंका नेपालबाट सहभागी हुने पहिलो नायिका समेत भएकी छन् । कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा प्रियंका मे २० देखि २४ बीचमा सहभागी हुनेछिन् । त्यसका लागि आइतबार (आज) प्रियंका फ्रान्स जाँदैछिन् ।
कान्समा विशेषगरी हलिउड र बलिउड सेलिब्रेटीको दबदबा रहँदै आएको छ । सेलिब्रेटीका लागि कान्स फिल्म फेस्टिवल आफ्नो स्टारडम र फेसन प्रदर्शन गर्ने एउटा उर्वर उत्सव पनि हो, जहाँ हलिउड र बलिउडका सेलिब्रेटीबीच फेसनमा चर्को प्रतिस्पर्धा हुने गर्छ ।
प्रियंकाले नेपालीको सहभागीतालाई सार्थक बनाउन आफनो पूरा कोसिस रहने बताएकी छन् । नेपालमा पनि प्रियंकाको फेशन सेन्स र सुन्दरताको चर्चा निकै हुने गर्छ । बिषेश यस्ता फेस्टिवलहरुमा बिषेशगरी नायिकाहरुले लगाउने पहिरनको खुबै चर्चा हुन्छ । कान्समा प्रियंकाको पहिरन कस्तो हुन्छ ? त्यसको प्रतिक्षा भने आम नेपालीलाई हुनेछ ।
कान्समा संसारका फिल्मकर्मीमात्र नभएर उद्योगपति तथा व्यापारी र सेलिब्रेटीहरुको समेत सहभागी हुने भएकाले यहाँ फिल्म अभिनेत्रीहरु शोपिसका रुपमा प्रस्तुत हुने गर्छन् ।


कान्समा नेपाली कलाकारले सहभागी जनाउन पाउनु एउटा सपनाजस्तै हो । तर, यसपटक जारी कान्स फिल्म फेस्टिवलमा अभिनेत्री प्रियंकाले उक्त अवसर पाएकी छन् । प्रियंकाले आफूले कान्समा सहभागी हुन लागेको आफ्नो फेसबुक एकाउण्टमार्फत जानकारी गराएकी छन् । उनले लामो स्टाटस पोस्ट गर्दै लेखेकी छन्, ‘नेपालको प्रतिनिधित्व गरेर कान्सको रेड कार्पेटमा हिड्नु पाउनु आफैँमा गर्वको कुरा हो ।’
उनले एक दिन आफू कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा हिड्ने सपना देख्दै आएको उल्लेख गर्दै यो वर्ष आफ्नो सपना पूरा भएको जनाएकी छन् । ‘अन्ततः त्यो दिन आयो’ प्रियंकाले भनेकी छन्, ‘म यही मे २० देखि २४ सम्म कान्समा सहभागी हुनेछु ।’
प्रियंकाले आफूलाई कान्समा सहभागीका लागि अवसर प्रदान गनर्खे रिचर्ड निल्सन, एलियन लेसेउर, खेन रिनपचे, फुर्बा डोरा लामा, फेसन डिजाइनर तेन्जििङ भूटियालगायतलाई धन्यवाद दिएकी छन् । उनले यो अवसर नेपालीका लागि गर्वको कुरा भएको भन्दै आफुना सर्पोटर र माया गर्ने फ्यानहरुलाई पनि धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्