Logo
Logo

लुम्बिनी विकास बैंकको एकैसाथ पाँच शाखा सञ्चालन



काठमाडौं । लुम्बिनी विकास बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पु¥याउने उद्देश्यले २०७८ मंसिर १९ गतेदेखि थप पाँच शाखा सञ्चालनमा ल्याएको छ । नयाँ खोलिएका शाखाहरुमा ७३औँ शाखाका रुपमा काठमाडौं महानगरपालिका–६ नयाँबानेश्वर चोकस्थित नयाँ बानेश्वर शाखा, ७४औँ शाखाका रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम शाखा, ७५औँ शाखाका रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका–४ बर्दघाट शाखा, ७६औँ शाखाका रुपमा दाङ जिल्ला घोराही उपमहानगरपालिका–१५ बिपीचोकस्थित घोराही शाखा र ७७औँ शाखाका रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका–११ साझाचोकस्थित कोहलपुर शाखा रहेका छन् ।

बैंकको नयाँ बानेश्वर शाखाको विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र अञ्जुकुमारी गुप्ता, बर्दघाट शाखाको बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशव खतिवडा, मणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहरा, घोराही शाखाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ जिल्ल उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी र बैंकका सञ्चालक प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देल र कोहलपुर शाखाको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्तरुपमा उद्घाटन गरेका थिए ।

हाल बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखामार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब तीन लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्