Logo
Logo

मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा


- दृष्टि न्युज/संवाददाता


ताप्लेजुङ, ५ जेठ । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिएको छ ।
आयोजनाको मुख्य प्रवद्र्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जिनियरि प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो ।
निर्माण शुरु भएको छोटो अवधिमै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर अडित सुरुङमार्गमध्ये २८० मटिर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लिङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मत्लिुङमा निर्माण भइरहेको हो । चिनियाँ निर्माण व्यवसायी कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो ।
आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणरिाज पोखरेलको भनाइ छ । नेपाली इञ्जिनियरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए ।
कूल रु १२ अर्ब बराबरको लागतमा मिर्माण हुने सो आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतशित सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मक्विाखोला गाउँपालिका–२ खोक्लिङ र फक्ताङलुङ गाउँपालकिा–१ सावादिनमा रहने आयोजनाले जनाएको छ ।
यस्तै फुङलिङ नगरपालिकाको फुरुम्बुस्थित मत्लिुङमा ५० मिटर लम्बाइ र ११ मटिर उचाइको बाँध निर्माण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मटिरको सुरुङमार्फत खोक्लिङको थुम्बाबेँसीमा र्पुयाइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले बताए ।
सुरुमा ५४ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रिया अघि बढे पनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि हेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्