Logo
Logo

काठमाडौंका दुई टोले गुन्डा पक्राउ




काठमाडौं । काठमाडौंका दुई टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले गंगाहिटीका मिलन जोशी र बालुवाटारका रबिन्द्र बस्नेतलाई पक्राउ गरेको हो ।


उनीहरुले आफुहरु सो एरियाको ‘दादा’ भएको भन्दै पानीपोखरीमा रहेको यूनिभर्सल इन्टरनेशनल मेनपावरका सञ्चालकलाई धम्काउँदै पैसा मागेका थिए । त्यसरी धम्काएर ९० लाख ५० हजार लिइसकेको र थप रकम मागेका थिए । तर, लकडाउनका कारण सञ्चालकले पैसा दिन नसकेपछि उनीहरुले कार्यालयमै गएर धम्काएको प्रहरीले जनाएको छ । दुवै जनालाई मित्रपार्कबाट पक्राउ गरेको र अपराधिक लाभ लिएको कसुर मुद्दामा प्रहरीले कारबाही गरेको छ ।


काठमाडौंका केही टोलमा यस्ता गुन्डाहरुले दुःख दिने गरेको भएमा उजुुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्