Logo
Logo

जेलभित्रै दंगा, ३२ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


ताजकिस्तान, ६ जेठ (एजेन्सी) । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।
जेलभित्र भएको यस दंगामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतंककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतंककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्