Logo
Logo

शैक्षिक भ्रमणको जीप दुर्घटना, तीन जनाको मृत्यु



पोखरा । लमजुङमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको जीप दुर्घटना तीन जनाको मृत्यु भएको छ । शिक्षक, विद्यार्थी चढेको जीप दुर्घटना हुँदा अन्य नौ जना घाइते भएका छन् ।

ग१ज ६३१७ नम्बरको जिप मस्र्याङ्दी गाउँपालिका–२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जीप दुर्घटना भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

उनका अनुसार शिक्षक, विद्यार्थी मिलेर तीन वटा जीपमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको वैद्यले बताए ।

उनले भने, ‘अन्य ९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’ घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए । उनका जीपमा १६ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्