काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नहुँदा मधेसको असन्तुष्टि अझै रहेको बताएका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले अहिले पनि मधेसले संविधानमा संशोधन खोजेको उनले बताए ।
मधेसका नेता रेशम चौधरी सहित धेरै नेता कार्यकर्ता तथा आन्दोलनकारीहरुले अझै मुद्धा खेपिरहेको र जेलमा रहेको बताउँदै उनले समस्याको समाधान हुनुपर्ने बताए ।
‘कुनै पनि आन्दोलन वा क्रान्तिलाई दबाएर सम्बोधन हुँदैन् । संविधान संशोधन नभए हामीहरु अझै विद्रोह गर्नका लागि तयार रहेका छौं’ ठाकुरले भने ।