Logo
Logo

२५औँ वाषिकोत्सवका अवसरमा एनसिसी बैंकद्वारा रक्तदानका साथै विभिन्न मुद्दति खाता सञ्चालन



काठमाडौं । एनसिसी बैंक लिमिटेडको २५औँ वाषिर्कोत्सवको उपलक्ष्यमा प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडांै, बागबजार निवासी प्रेमसागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दै कदरप्रत्र प्रदान गरेका थिए ।

बैंकले २५औं वाषिर्कोत्सवको अवसरमा ‘एनसिसी सिल्भर सेभिङ खाता’, ‘एनसिसी सुगम सिल्भर मुद्घति खाता’, ‘एनसिसी सिल्भर रेमिट सेभिङ खाता’ र ‘एनसिसी सिल्भर रेमिट मुद्घति खाता’ जस्ता आकषर््ाक निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसिसी बैंक २५ वर्षदेखि आम नागरिकमाझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्